धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले नेपालकी पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन्।
उनीहरूले अब सरकारले जेन्जी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिहरूको वास्तविक विवरण सार्वजनिक गर्नुपर्ने, घाइतेहरूको उपचार सुनिश्चित गर्नुपर्ने र भ्रष्टाचार सम्बन्धी गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। साथै भ्रष्टाचारबाट आर्जित सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।
हमालले २०८२ भाद्र २८ गते सार्वजनिक गरेको सन्देशमा जनताले आशा गरेको परिवर्तनलाई व्यवहारमा उतार्न प्रधानमन्त्री कार्की नेतृत्वको सरकार सक्षम हुने विश्वास समेत व्यक्त गरेका छन्।