अत्तरियामा चक्काजाम, चौकीडाँडा–फल्टुडे सडक निर्माणमा जनप्रतिनिधिको आक्रोश
कैलाली, अत्तरिया
कैलालीको चौकीडाँडा–फल्टुडे सडक निर्माण कार्य वर्षौंदेखि अलपत्र पारिएको भन्दै गोदावरी नगरपालिकाका चार वडाध्यक्षहरू भोलि अत्तरियामा सामूहिक चक्काजाम गर्न लागेका छन्। वडाध्यक्षहरूले भोलि बिहान ९ बजेदेखि ११ बजेसम्म अत्तरिया चोकमा दुई घण्टा चक्काजाम गर्ने घोषणा गरेका हुन्।
२०७७ सालमै पूर्वाधार विकास कार्यालय धनगढीमार्फत कृष्ण मन्दिर–बाँन्द्रेखाल सडक निर्माणका लागि …