सुदूरपश्चिममा छाउगोठका कारण ८ को ज्यान गयो, १ बलात्कारको घटना उजागर
धनगढी
सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाले अझै ज्यान लिइरहेको तथ्याङ्कले देखाएको छ। नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश कार्यालयअन्तर्गत अपराध महाशाखाका अनुसार, २०७६ साल भदौदेखि हालसम्म छाउगोठमा ८ जनाको ज्यान गएको छ भने १ जना महिला बलात्कारको पीडित भएकी छन्।
प्रहरी निरीक्षक सरस्वती अधिकारीका अनुसार, यी घटनाहरूले छाउपडी प्रथाको भयावहता देखाएको छ। …