बुर्किनाफासोका राष्ट्रपति ट्राओरेका प्रगतिशील कदम विश्वभर चर्चित


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अफ्रिकन देश बुर्किनाफासोका राष्ट्रपति इब्राहिम ट्राओरेले सत्ता सम्हालेपछि अपनाएका क्रान्तिकारी कदमहरूले उनलाई विश्वकै ध्यानाकर्षणमा ल्याएको छ। राष्ट्रपतिमा पुगेको केही वर्षमै उनले गरेको सुधारात्मक पहललाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले “जनताको लागि गरिएको वास्तविक परिवर्तन” भन्दै प्रशंसा गरेका छन्।

राष्ट्रपति बनेलगत्तै उनले राष्ट्रपति भवनमा रहेको सबै एयर कन्डिसनर (AC) हटाएर विद्यालयहरूमा जडान गर्ने निर्णय लिए। यस कदमले शैक्षिक क्षेत्रमा आधारभूत सुविधा पुर्‍याउने मात्र नभई विलासी खर्च घटाउने सन्देश दिएको छ।

त्यसैगरी, उनले सांसद र मन्त्रीहरूको तलब २० प्रतिशतले कटौती गर्दै शिक्षक र कर्मचारीहरूको तलब ५० प्रतिशतले बढाएका छन्। यस निर्णयले शिक्षामाथिको प्राथमिकता र कर्मचारीहरूको मनोबल दुवैलाई उच्च बनाएको छ।

ट्राओरेले आर्थिक क्षेत्रमा पनि कडा राष्ट्रवादी नीति अघि सारेका छन्। उनले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) बाट ऋण लिन अस्वीकार मात्र गरेनन्, विगतमा लिइएको करिब ४.७ अर्ब विदेशी ऋण समेत फिर्ता गरेको घोषणा गरेका छन्। यसले बुर्किनाफासोलाई विदेशी ऋणमुक्त मुलुकको दिशामा अघि बढाएको छ।

उनको नेतृत्‍वमा देशको कुल गार्हस्थ उत्पादन (GDP) वृद्धि दर समेत उल्लेख्य रूपमा बढेको आधिकारिक तथ्यांकले देखाएको छ। प्राकृतिक स्रोतको सदुपयोग, आन्तरिक उत्पादन वृद्धि र शिक्षा क्षेत्रमा लगानीलाई उनले प्रमुख प्राथमिकतामा राखेका छन्।

विशेषज्ञहरूले ट्राओरेलाई अफ्रिकामा मात्रै नभई विश्वकै उदाउँदो नेताका रूपमा चित्रण गर्न थालेका छन्। जनतालाई केन्द्रमा राख्ने उनको नीति, आत्मनिर्भरता र शिक्षामुखी दृष्टिकोणले विकासशील मुलुकहरूलाई समेत प्रेरणा दिएको विश्लेषकहरूको भनाइ छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@manilektimes.com मा पठाउनु होला । धन्यवाद ।