रोपाइँपछि थारू बस्तीमा उमंगको पर्व — हर्डहुवा
कैलाली जिल्लाका थारू बस्तीहरूमा रोपाइँ सकेर हर्षोल्लासपूर्वक मनाइने मौलिक सांस्कृतिक चाड हर्डहुवा को रौनक छाएको छ। ढुरिया वा असारी पूजा गरेर धान रोपाइँ सुरु गर्ने प्रकृति पूजक थारू समुदायले अब खेतीपातीको काम सम्पन्न गरी हर्डहुवा मनाउँदैछन्।
हिलोमाटोले लतपतिएका हलो, जुवा, अन्य कृषि उपकरणहरू धोएर पूजा गर्ने, मिठा परिकार पकाउने, खानपिन, …